Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू

  • 1.8K
    SHARES

  • पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू

    बुटवल,जेठ २६ ।

    पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।

    इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ बजेबाट सञ्चालनमा आएको हो ।

    यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology