Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था प्रमुखबीचको भेटले राष्ट्रिय हितलाई कमजोर पार्याे : नेकपा प्रवक्ता नारायणकाजी

प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था प्रमुखबीचको भेटले राष्ट्रिय हितलाई कमजोर पार्याे : नेकपा प्रवक्ता नारायणकाजी

  • 2.7K
    SHARES

  • प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था प्रमुखबीचको भेटले राष्ट्रिय हितलाई कमजोर पार्याे : नेकपा प्रवक्ता नारायणकाजी

    बुटवल ,कार्तिक ९ ।

    सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर ‘रअ’ का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले भेट्नु राष्ट्रिय सार्वभौमिकता र हितलाई कमजोर पार्ने काम भएको बताएका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था प्रमुखबीचको भेटले राष्ट्रिय हितलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका हुन् ।

    नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना भएको भन्दै प्रवक्ता श्रेष्ठले ‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो’ भनेर टिप्पणी गरेका छन् ।fb narayankaji.png

    प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानकारी र उपस्थिति बिना रअ प्रमुखलाई भेटेको उनले जिकिर गरे । पार्टीलाई यसबारेमा कुनै पूर्व जानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल नभएको प्रवक्त श्रेष्ठको दावी छ ।

    उनले भनेका छन्, ‘त्यसैले गम्भीर प्रश्न उठ्छ, बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन रु यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology