Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानविन गर्न समिति गठन

गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानविन गर्न समिति गठन

  • 1.8K
    SHARES

  • गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानविन गर्न समिति गठन

    बुटवल,जेठ २४ ।

    गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

    गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

    ‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

     घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology