Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशमा करिब ३७ अर्बको बजेट आउने

लुम्बिनी प्रदेशमा करिब ३७ अर्बको बजेट आउने

  • 1.7K
    SHARES

  • लुम्बिनी प्रदेशमा करिब ३७ अर्बको बजेट आउने

    बुटवल,जेठ २४ ।

    लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । ३५ अर्ब रकम  प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।

    पत्रकारस‌ग कुराकानी गर्दै उनले ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए। उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने बताए ।

    लुम्बिनी प्रदेशको बजेट नआउंदै योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई कृषि विकास बैंक र सहकारीहरुबाट सहुलियत व्याजमा ऋणको व्यवस्था गरिने उनको भनाइ छ ।

    स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउंदै उनले भने– गरिबी निवारण घटाउने गरी बजेट बन्छ। प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने उनको दावी छ। बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउंदै अब विकास निर्माणका बजेट पार्नका लागि पांचवटा मापदण्ड पुरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology