Logo बिहिवार, आश्विन १ गते २०८३
images

ट्रान्सपोर्ट व्यवसायीद्वारा ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण, दोषिलाई कारवाहीको माग 

ट्रान्सपोर्ट व्यवसायीद्वारा ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण, दोषिलाई कारवाहीको माग 

  • 2.5K
    SHARES

  • ट्रान्सपोर्ट व्यवसायीद्वारा ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण, दोषिलाई कारवाहीको माग 

    बुटवल,जेठ २३ ।

    सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयन गराउन भएको अनुगमनका क्रममा  ट्रान्सपोर्ट व्यवसायीले ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको भन्दै दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनीले यही जेठ २० गतेदेखि सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न÷गराउन आन्दोलित भएको थियो । सोही क्रममा पड्सरीमा ट्रकहरु संयुक्त पार्किङ स्थलमा जाने क्रममा  ढाक्रे ट्रान्सपोर्ट र पौडेल ट्रान्सपोर्टका सञ्चालकहरुले अवरोध गर्दै  अनुगमनमा हिंडेका पश्चिमाञ्चल  यातायायत व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका पदाधिकारीमाथि आक्रमण गरेका हुन् ।

    सरकारले तोकेको भाडा दर कार्यान्वयन गराउने क्रममा ट्रान्सपोर्ट व्यवसायीहरुले गरेको उक्त आक्रमणको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्नमाथि कारवाही गर्न माग गरेको छ । प्रदेश समितिका संयोजक यमप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा समितिका पदाधिकारीहरुमाथि गरिएको आक्रमण र दुव्र्यवहार तथा पड्सरीस्थित संयुक्त काउन्टर र क्षेत्रीय कार्यालयमा  तोडफोड र तालाबन्दी गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गरिएको छ ।

     यसैबीच अमर्यादित एवं गैरकानूनी कार्यमा संलग्न सिद्धार्थनगर नगरपालिका–८ का गोपालबहादुर पौडेल क्षेत्री, सियारी १ का परामान्द सापकोटा, ओमसतिया १ का रोशन क्षेत्री र रवि पाण्डेयलाई कारवाहीको माग गर्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष गुप्तबहादुर केसीले कारवाहीको माग गरेका छन् ।

    यसअघि ट्रान्सपोर्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष श्याम हमालले सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयनमा ऐक्यवद्धता जनाउंदै कार्यान्वयन नगर्ने व्यवसायीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए । 

    pp trak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology