Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उवासंघद्वारा जनप्रतिनीधिलाई सम्मान : व्यवसायिक वातावरण बनाईदिन आग्रह

बुटवल उवासंघद्वारा जनप्रतिनीधिलाई सम्मान : व्यवसायिक वातावरण बनाईदिन आग्रह

  • 2.9K
    SHARES

  • बुटवल उवासंघद्वारा जनप्रतिनीधिलाई सम्मान : व्यवसायिक वातावरण बनाईदिन आग्रह

    बुटवल,जेठ २३ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । संघले सोमबार बुटवलमा कार्यक्रमको आयोजना गरी रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो । 
    त्यस अवसरमा बोल्ने उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक विकासको लागि औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन जनप्रतिनीधिहरुलाई सुझाव दिएका छन् ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासको लागि औद्योगिक तथा व्यवसायिक वातावरण आवश्यक रहेकाले त्यसमा ध्यान दिन जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभयो । 
    उहाँले अहिले मुलुकमा औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उत्साहजनक वातावरण नभएको बताउँदै उहाँले स्थानीय तहबाट हुने नीतिगत व्यवस्थालाई सुधार गर्ने हो भने औद्योगिक तथा व्यवसायिक वातावरण पनि बन्ने र त्यसका माध्यमबाट मुलुकको अर्थतन्त्रमा सुधार पनि गर्न सकिने धारणा राख्नुभयो ।

    नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाई ज्ञापन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जनप्रतिनिधीसंग उद्योगी व्यवसायीले धेरै आशा र विश्वास पनि गरेको भनाई राख्नुभयो । उहाँले यस क्षेत्रकै पुरानो निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा गरेको योगदानको चर्चा गर्दै स्थानीय तहमा नीतिगत रुपमा थुप्रै सुधार गर्नुपर्ने कुराहरु रहेकोले त्यसमा गहन अध्ययन गर्न आग्रह गर्नुभयो ।

    त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनिधीहरुले उद्योगी व्यवसायीका समस्या समाधान र यस क्षेत्रको विकासको लागि नीजि क्षेत्रसंग संगै बसेर सुधारका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नीजि क्षेत्रको प्रवद्र्धन र विकास विना मुलुकको अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउँदै स्थानीय विकासको लागि नीजि क्षेत्रसंग सहकार्य गर्न आफूहरु तयार रहेको भनाई उहाँहरुले राख्नुभएको थियो । 
    त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेयले यहाँका विकासको लागि सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै त्यो भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।

    khel dai bucci.jpg

    त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरको विकासमा निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले नीतिगत रुपमा थुप्रै कुराहरुमा सुधार आवश्यक देखिएको बताउँदै ती कुराहरुमा कस्तो बनाउँदै राम्रो हुन्छ, नगरको पनि विकास गर्न सकिन्छ र समृद्ध बनाउन सकिन्छ, सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।

    rk.jpg

    त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले बुटवललाई लैंङ्गिक रुपमा विभेद रहित नगरपालिका बनाउन चाहेको बताउँदै सबैले सबैलाई सम्मान गर्ने, उपभोक्ता मैत्री, व्यवसायमैत्री नगरपालिका निर्माणमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । 

    त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाई, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका पूर्वअध्यक्ष तथा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले निजी क्षेत्रले स्थानीय सरकारसंग सहकार्य र साझेदारी चाहेको, कर प्रणालीलाई व्यवहारिक बनाउन लगायतका सुझावहरु राख्नुभएको थियो ।

    samman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology