Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरद्वारा ज्याेतिनगर,नयाँगाँउ,शिवनगर र नगरपालिका परिषरमा बृक्षरोपण

बुटवल उपमहानगरद्वारा ज्याेतिनगर,नयाँगाँउ,शिवनगर र नगरपालिका परिषरमा बृक्षरोपण

  • 2.0K
    SHARES

  • बुटवल उपमहानगरद्वारा ज्याेतिनगर,नयाँगाँउ,शिवनगर र नगरपालिका परिषरमा बृक्षरोपण

    बुटवल,जेठ २३ । 

    विश्व वातावरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले चार स्थानमा बृक्षरोपण गरेको छ । दिवसको अवसर पारेर आईतबार साँझ नगरपालिकाको कार्यालय परिषर,शिवनगर वन,नयागाउँ,र ज्योतिनगरपहिरो ग्रस्तक्षेत्रमा बृक्षरोपण गरिएको हो ।

    बृक्षरोपण कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल सहित नगरपालिकाका कर्मचारीहरु सरिक हुनु भएको थियो । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले वातावरण र पर्यावरणको संरक्षणको लागि विश्व वातावरण दिवसको अवसर पारेर सिम्बोलिक रुपमा बृक्षरोपण गरिएको बताउनु भयो ।

    उहाँका अनुसार दिवसका अवसरमा नगरपालिकाको कार्यालय परिषर सहित बुटवलको ज्योतीनगर पहिलो क्षेत्र, शिवनगर सामुदायिक बनमा बृक्षरोपण गरिएको छ ।

    शिवनगर सामुदायिक बनमा पञ्चतत्व विरुवा रोपिएको हो । यस अवसरमा नयाँगाउँ खानेपानी तथा सरसफाई संस्थामा पनि वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गरिएको नगरप्रमुख पाण्डेयले बताउनु भयो ।treee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology