Logo बुधवार, श्रावण १३ गते २०८३
images

निजी क्षेत्रसंग सहकार्य गर्ने बुटवलका मेयर पाण्डेयको प्रतिवद्धता

निजी क्षेत्रसंग सहकार्य गर्ने बुटवलका मेयर पाण्डेयको प्रतिवद्धता

  • 1.7K
    SHARES

  • निजी क्षेत्रसंग सहकार्य गर्ने बुटवलका मेयर पाण्डेयको प्रतिवद्धता

    बुटवल,जेठ २३ । 

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले बुटवललाई मुलुककै आर्थिक केन्द्रको रुपमा विकास गर्ने आफूहरुको सपना रहेको बताउँदै त्यसको लागि निजी क्षेत्रको साथ सहयोग आवश्यक पर्ने पनि बनाउनु भयो ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र स्थानीय तथा क्षेत्रीय आर्थिक विकास परियोजनाको सहकार्यमा आईतबार बुटवलमा आयोजना गरिएको स्थानीय तथा क्षेत्रीय आर्थिक विकास सम्बन्धि अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले निजी क्षेत्रको समस्या बुझेको र निजी क्षेत्रले ल्याउने योजनालाई कसरी सम्बोधन गर्न सकिन्छ तयार रहेको बताउनु भएको हो ।

    ‘मध्येमार्गी योजना ल्याउनु होला, म तपाईहरुको साथमा छु ।’ नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘उद्योगी व्यवसायीका समस्या पनि समाधान हुनुपर्छ र नगरपालिका पनि चल्नुपर्छ ।’ उहाँले पारी बुटवललाई सुधार गर्न सकियो भने वारीको व्यापार व्यवसाय पनि स्वतः फष्टाउने बताउँदै ऐतिहासिक बटौलीलाई कसरी चलायमान बनाउने र अमरपथ आसपासको बजारमा रात्रीकालिन व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गरेर सुझाव दिन आग्रह गर्नुभयो । 

    ठूला उद्योगी व्यवसायीलाई सम्मान र साना उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने कुरालाई आफूले चुनाव अगाडि पनि उठाएको बताउँदै सोही अनुसार साना साना व्यवसाय गर्दा पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गर्ने काममा आफू प्रतिवद्ध रहेको भनाई दोहो¥याउनु भयो । 

    कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको औद्योगिक विकासको लागि उद्यमशिलतासंग सम्बन्धित कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बुटवलको मुख्य राजमार्गमा धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित भएको बताउँदै कतिपय पलायन पनि भएको जानकारी गराउँदै मेयर पाण्डेयको सुरुवाती अग्रसरताले आफूहरुमा उत्साह थपिएको भनाई राख्नुभयो ।

    त्यस्तै जिआईजेडका प्रतिनीधि सुरेश बरालले आफूहरुको अध्ययनबाट बुटवलमा लगानीको राम्रो सम्भावना देखिएको बताउनु भएको थियो । जर्मन सहयोग जिआईजेडको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा सहजकर्ता डा. तेजहरी घिमिरे र दीप्ती खकुरेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा यस क्षेत्रको उद्योगी व्यवसायी सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology