Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर

नेकपा एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर

  • 1.9K
    SHARES

  • नेकपा एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर

    काठमाडौं जेठ,२३ ।

    नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

    एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

    उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology