Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल लेडी जेसिजद्वारा बाल विकास केन्द्रमा बृक्षरोपण तथा सरसफाई

बुटवल लेडी जेसिजद्वारा बाल विकास केन्द्रमा बृक्षरोपण तथा सरसफाई

  • 3.4K
    SHARES

  • बुटवल लेडी जेसिजद्वारा बाल विकास केन्द्रमा बृक्षरोपण तथा सरसफाई

    बुटवल,जेठ २२ ।

    विश्व वातावरण दिवसको अवसरमा बुटवल लेडिज जेसिजले बुटवल स्थित चिडिया खोलामा रहेको बाल विकास केन्द्रको परिसरमा बृक्षरोपण तथा सरसफाई गरेको छ ।  एक कार्यक्रममा बिच जेसिजले वुटवल ३ स्थित बाल मन्दिर उद्यान परिसरमा फलफूलका बिरुवाहरु रोपेको हो ।

    कार्यक्रममा बोल्दै जेसिसका प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष  विष्णु ढकालले   जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै वृक्षरोपणले पहिरो रोकथाममा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

     उनले सरकारले वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व  भएको  बताए । साथै  सबै किसिमबाट पछाडि परेको उक्त बाल विकास केन्द्रलाई  थप व्यवस्थित बनाउन सबैलाई साथ दिन आग्रह पनि गर्नुभयो  । शिक्षा नै पहिलो प्राथमिकतामा रहेका बताए । 

    लेडी जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठले बाल मन्दिरको थप स्तर उन्नतिको लागि साथ दिन तयार रहेको बताइन् । बाल विकास केन्द्रको संरक्षकको अवसर पाएमा पनि सबै किसिमको सहकार्य गर्न तयार रहेको बताईन ।  

    कार्यक्रममा  बुटवल उपमहानगर पालिका वडा ३ का सदस्य आनन्द भगत श्रेष्ठ , जेसिजका  पुर्व अध्यक्ष रेखा शर्मा कट्टेल, केन्द्रका संचालन समितिका सदस्य मन्जु प्रधान, जेसिजका सल्लाहकार  रूपा पाण्डे, संस्थाका आजिवन सदस्य गिता ज्ञवाली , शिक्षिका विन्दु गौतम लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

    साे अवसरमा  आँप, धुपिसल्लो,कागती लगायतका प्रजातीका बिरुवा रोपिएको हो । जेसिजले  केन्द्र परिसरमा सरसफाइ समेत गरेको र बाल विकास केन्द्रलाई २ थान फोहोर फाल्ने डस्विन पनि वितरण गरेको छ ।

    कार्यक्रम संयोजक जेसिजका शाखा सम्पादक जमुना शर्मा श्रेष्ठको स्वागत मन्तव्य र जेसिजका महासचिव संगिता ढकालको संचालनमा सम्पन्न भएको थियो ।

     

    butwal lady jesis.jpglady jesis.jpg

    tree plan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology