Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्व वातावरण दिवस : शान्ति समाजद्वारा शान्ति बाटीकामा गोडमेल तथा बृक्षराेपण

विश्व वातावरण दिवस : शान्ति समाजद्वारा शान्ति बाटीकामा गोडमेल तथा बृक्षराेपण

  • 2.6K
    SHARES

  • विश्व वातावरण दिवस : शान्ति समाजद्वारा शान्ति बाटीकामा गोडमेल तथा बृक्षराेपण

    बुटवल,जेठ २२ ।

    मानव अधिकार तथा शान्ति समाजले बुटवलमा शान्ति बाटीकामा बृक्षरोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाको परिसरमा रहेको शान्ति बाटीकामा फलफूलका बिरुवाहरु रोपिएको हो ।

    कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए । उनले सरकारले वातावरण संरक्षणको नीति ल्याउनुपर्ने बताए ।santi samaj.jpg

    समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको भएको कार्यक्रममा आम्दा अस्पतालका मेसु डा‍.राजेन्द्र बस्याल,कार्यक्रम संयोजक कृष्ण पाण्डे,लता खड्का लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

    अस्पताल परिषरमा आँप, बेल, धुपिसल्लो,कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको हो । समाजले बाटीकामा गोडमेल तथा गतसाल सोहि स्थानमै लगायका बिरुवाहरुको संरक्षण समेत गरेको छ ।tree plantation.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology