Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेता घनश्याम भुसाललाई कारवाही गर्न एमाले सचिवालय बैठकको सिफारिस

नेता घनश्याम भुसाललाई कारवाही गर्न एमाले सचिवालय बैठकको सिफारिस

  • 4.1K
    SHARES

  • नेता घनश्याम भुसाललाई कारवाही गर्न एमाले सचिवालय बैठकको सिफारिस

    बुटवल,जेठ २१।

    नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ।

    पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो।

    आयोगका एक पदाधिकारीकाले केन्द्रमा कारवाही सिफारिस गरिएको बताए। ‘पार्टी अनुशासनविपरीत गर्नेलाई कारवाही नगर्ने कुरा भएन। एउटा टेलिभिजन अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले हामीले बैठक बसेर कारवाही सिफारिस गरेको हो,’ उनले भने।   

    स्थायी समिति सदस्य रहेका भुसालले अन्तर्वार्तामा पार्टी नेतृत्वले गलत नीति लिँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।

    ‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए। महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology