बुटवल,जेठ २१ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटीको संयुक्त आयोजनमा रक्तदान कार्यक्रम भएको छ । ‘स्वस्थ रगत सबैका लागि’ भन्ने उद्धेश्यका साथ गरिएको उक्त रक्तदान कार्यक्रम तिलोत्तमा स्थित ड्राइभरटोलमा भएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा वार्ड नं ४ का नवनिर्वाचित वडा अध्यक्ष हरि बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटिका अध्यक्ष कमल भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्ला समिती अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाकी सल्लाहकार देवि वाग्ले, सल्लाहकार अर्जुन प्रसाद पौडेल, तिलोत्तमा- ४ का नवनिर्वाचित जनप्रतिनिधि मित्रलाल न्यौपाने र नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको आथित्यता रहेको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाका उपाध्यक्ष पूर्ण चन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए । यस्तै, कार्यक्रममा तिलोत्तमा ४ का नवनिर्वाचित वडा अध्यक्ष हरि बहादुर क्षेत्री, तिलोत्तमा ४ कै नवनिर्वाचित जनप्रतिनिधि मित्रलाल न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जम्मा १०२ युनिट ब्लड संकलन भएको कार्यक्रम संयोजक अन्जु पौडेलले जानकारी दिईन् । कार्यक्रम रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटीका सचीव प्रशान्त ज्ञवालीले सञ्चालन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)