बुटवल,जेठ २१ ।
सामाजिक अभियन्ता तथा विवेकशील नेपालीका संस्थापक नेता पुकार बमले काठमाडौंको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने,‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु ।’
उनी कोरोनाको समयमा चलाइएको ‘इनफ इज इनफ’ अभियानमा सक्रिय सहभागी थिए । कोरोना महामारीको बेला निशुल्क खाना खुवाउने अभियानको अगुवाइ गरेका बम विभिन्न माग राखेर १२ दिन अनसनसमेत बसेका थिए । हाल उनी विद्याबारिधि गर्दैछन् ।
काठमाडौ-१ कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव जितेको क्षेत्र हो । अघिल्लो संसदीय चुनावमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालिन अध्यक्ष रविन्द्र मिश्र सिंहसित थोरै मतान्तरले हारेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)