Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन : अर्थमन्त्री जनार्दन शर्मा

स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन : अर्थमन्त्री जनार्दन शर्मा

  • 1.4K
    SHARES

  • स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन : अर्थमन्त्री जनार्दन शर्मा

    काठमाडौं,जेठ २० ।

    अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कुनै निजी कम्पनीलाई नदिएको दावी गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।

    उनले भने, ‘स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको पनि छैन, दिन खोजिएको पनि छैन। अहिले जहाँ छ, त्यहिँबाट परिचालन हुन्छ।’

    अर्थमन्त्री शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको दावी गरेका छन्। 

    उनले बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी गरेका छन्। उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको छु। बजेट अनुशासनभित्र रहेर साधन, स्रोतको विनियोजन गरेको छु।’

    त्यस्तै उनले सबै क्षेत्रका विज्ञहरूको सल्लाह बमोजिम बजेट निर्माण गरेको बताएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology