बुटवल,कार्तिक ८-
नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार २ सय २५ भेटिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।
कुल संक्रमितमध्ये ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ८० हजार ८ सय ६२ पुगेको छ।हाल क्वारेन्टाइनमा ३ हजार ३ सय २२ रहेको मन्त्रालयले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)