Logo बिहिवार, आश्विन १ गते २०८३
images

यू–१९ महिला विश्वकप छनोट: नेपालको विजयी सुरुवात

यू–१९ महिला विश्वकप छनोट: नेपालको विजयी सुरुवात

  • 1.4K
    SHARES

  • यू–१९ महिला विश्वकप छनोट: नेपालको विजयी सुरुवात

    बुटवल,जेठ २० ।

    आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

    मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन् । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन् ।

    नेपालका लागि बलिङतर्फ सृष्टि जैशीले ३ विकेट लिइन् । त्यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

    नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन् । सानु राजवंशी २१ रनको योगदान गरिन् । त्यस्तै अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर आउट भइन् । बलिङतर्फ कतारका लागि साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए ।

    छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology