Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपाद्वारा बुटवलमा श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम

राप्रपाद्वारा बुटवलमा श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम

  • 3.3K
    SHARES

  • राप्रपाद्वारा बुटवलमा श्रद्धाञ्जली तथा  बिरोध कार्यक्रम

    बुटवल,जेठ १९।

    तत्कालिन राजा बिरेन्द्रको बंशनास भएको दिनको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलले  श्रद्धाञजली 
    कार्यक्रम तथा बांकेको नेपालगंजमा सर्बप्रिय राजा बिरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोडफोडका बिरुद्ध बिरोध र्याली गरेको छ ।

    बुटवल नगर अध्यक्ष निरज प्रताप खांणको संयोजकत्वमा भएको कार्यक्रममा  राप्रपा पूर्व केन्द्रीय सदस्य बिष्णु बहादुर कार्की , इर्शाद आलम मिया , राप्रपा लुम्बिनी प्रदेश सचिब राजेन्द्र अधिकारी लगायतले आज नेपालगंजमा भएको घटनाको  बिरोध गर्दै , गिरफ्तार हुनुभएका राष्ट्रबादी योद्दाहरुलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको थियो ।

    देशमा अहिले महँगी बढिरहेको र जनता दिनप्रतिदिन आक्रान्त भईरहेकोले अब देशमा संघियता खारेज गरि , जनतामाथि लागेको महँगीको बोझ कम गर्न सरकार समक्ष कार्यक्रमका संयोजक निरज प्रताप खाणले माग गर्नुभएको  नगर सचिब गौतम रिजालले जानकारी दिनुभएको छ ।raja.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology