Logo बुधवार, श्रावण १३ गते २०८३
images

योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने,नगरप्रमुखले गरे शिलान्यास

योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने,नगरप्रमुखले गरे शिलान्यास

  • 2.3K
    SHARES

  • योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने,नगरप्रमुखले गरे शिलान्यास

    बुटवल,जेठ १९।

    बुटवल योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ । 

    विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले मुल मन्दिरको विधिपुर्वक पुजापाठ गरि शिलन्यास गरेका छन । धर्मबाट मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउने उनले बताए । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, बुटवल ११ का वडा सदस्य नहकुल शाहीलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।

    बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु छन ।

    mandir.jpg

    यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।

    कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।

    कार्यक्रममा देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपाल,  वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा, कार्यक्रममा ई. नारायण बहादुर गुरुङले मानसिक शान्ति दिने रुपमा यो स्थानलाई विकास गराउनुपर्ने बताए । हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology