बुटवल,जेठ १७ ।
नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनी (नाम्स) ले आफ्नो २२ औँ स्थापना दिबसको अबसरमा बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।
नाम्स लुम्बिनीका उपाध्यक्ष बिश्वमणी भुसालको अध्यक्षमा भएको कार्यक्रममा ८१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बुटवल नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले रक्तदान नै सर्बाेत्तम दान भएको बताए । उनले रगत अभाव हुन नदिन सबै लाग्नुपर्ने र यसका लागि सचेतना फैलाउनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष सुर्य पराजुली ,सचिब अमर बस्नेत,कार्यक्रम संयोजक राम भण्डारीले लगायतले बोलेको सुमन घिमिरेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)