Logo बुधवार, श्रावण १३ गते २०८३
images

सेवा नपाएपछि तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

सेवा नपाएपछि तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

  • 5.7K
    SHARES

  • सेवा नपाएपछि तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

    बुटवल,जेठ १७ ।

    नवनिर्वाचित वडाध्यक्षले सेवा प्रवाहमा लार्पबाही गरेपछिे तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी भएको छ ।

    अत्यावश्यक कामसमेत नभएको भन्दै सेवाग्राहीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताउनुभयो ।

    गिरि एमालेबाट निर्बाचित वडाध्यक्ष हुनुहुन्छ । उहांले आफु चौकिल्ला बनाउनका लागी शुक्रबार, सोमबार र मंगलबार गरी ३ दिनसम्म वडा कार्यालयमा पुग्दासमेत वडाध्यक्ष र कुनै पनि सदस्य उपस्थित नभएपछि काम नबनेको भन्दै फोनसमेत नउठेको बताउनुभयो ।

    म जस्ता धेरै वडामा काम लिएर गएका थिए,उहाले भन्नुभयो –‘फोन उठे वडाध्यक्ष भएकै ठाउमा गएर काम गराउछौं, भन्दा फोन नै उठ्दैन, त्यसैले ताला लगाइदियौं’ ।  

    कार्यपालिका निर्वाचनको तयारी भएको र अर्काे पार्टीले मत चोर्न सक्ने भएकाले  लागि रुपन्देहीमा जनप्रतिनिधि भूमिगतको स्रोतको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology