Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३० हजार घुस लिने नापीका अमिन टेकबहादुर रायमाझी अख्तियारको फन्दामा

३० हजार घुस लिने नापीका अमिन टेकबहादुर रायमाझी अख्तियारको फन्दामा

  • 2.2K
    SHARES

  • ३० हजार घुस लिने नापीका अमिन टेकबहादुर रायमाझी अख्तियारको फन्दामा

    बुटवल,जेठ १७ ।

    नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।

    रायमाझीले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सुचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले निजलाई घुस लिईरहेको अवस्थामा ३० हजार रुपियाँसहित रुपन्देही सिद्धार्थनगर नगरपालिकामा रहेकोनापी कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो ।

    अख्तियारले उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology