Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु,आज ५६ वर्षीय एक पुरुषको मृत्यु

पाल्पामा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु,आज ५६ वर्षीय एक पुरुषको मृत्यु

  • 2.3K
    SHARES

  • पाल्पामा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु,आज ५६ वर्षीय एक पुरुषको मृत्यु

    बुटवल,कार्तिक ८-

    पाल्पामा शनिबार बिहान एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    तानसेनस्थित मिसन अस्पताल, भुषालडाँडामा  उपचारका क्रममा तानसेन नगरपालिका–१,गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

    ढाड दुख्ने समस्या भएपछि मिसन अस्पतालमा उपचारका लागि गएको वडा सदस्य नारायण न्यौपानेले बताए । मृतक पुरुषको मिसन अस्पतालबाट स्वाब संकलन गर्दा नौ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । 

    पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ ।

    २ सय ८२ जना सक्रिय संक्रमित छन् भने २ सय ७५ जना समुदायस्तरमा संक्रमित हुन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology