बुटवल,जेठ १६ ।
तारा एयरको जहाज दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
आइतवार भएको जहाज दुर्घटनामा मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले फेसबुकमार्फत् जानकारी दिएका छन् ।
यो परिवार मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)