Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७८ विनोद पहाडीलाई प्रदान गरिने,राशी १ लाख १० हजार

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७८ विनोद पहाडीलाई प्रदान गरिने,राशी १ लाख १० हजार

  • 3.8K
    SHARES

  • कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७८ विनोद पहाडीलाई प्रदान गरिने,राशी १ लाख १० हजार

    बुटवल,जेठ १६ ।

    मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ विनोद पहाडीलाई प्रदान गरिने भएको छ ।  संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    २०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने छ ।  तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका श्री विनोद पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसक्नुभएको छ ।

    पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आवद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल ( २०५३–५८) सभापति रहिसक्नुभएको छ । 
    दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान-अध्ययन कार्यमा समेत योगदान गर्नुभएको छ ।

    उहाँ लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरुमा पनि क्रियाशील हुनुहुन्छ  । अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology