Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव सहायता समूह नेपालद्वारा मानव कल्याण समाज सेवाघर दाङलाई ३ लाख सहयोग

मानव सहायता समूह नेपालद्वारा मानव कल्याण समाज सेवाघर दाङलाई ३ लाख सहयोग

  • 2.5K
    SHARES

  • मानव सहायता समूह नेपालद्वारा मानव कल्याण समाज सेवाघर दाङलाई ३ लाख सहयोग

    बुटवल,जेठ १६ ।

    मानव सहायता समूह नेपाल (एचएसजी नेपाल) वालाजु १६ काठमाडौंले दाङ घोराई स्थित मानव कल्याण समाज सेवाघरलाई तीन लाख सहयोग प्रदान गरेको छ ।

    टिकटक ग्रुप एचएसजी नेपालले लगातार टिकटक लाइभ बसेर पाएको गिफ्टलाइ नगदमा परिणत गरेर देशभरका असहाय दीन दुखी र गरिब बिपन्न समुदाय वा सहयापेक्षी नागरिकलाइ आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । एचएसजी नेपालका पदाधिकारी तथा सदस्यले टिकटिकमा पाएको रकमलाइ बिभिन्न ठाँउमा पुगेर बितरण गरिरहेको एचएसजी नेपालका अध्यक्ष टीका तिमिल्सिनाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    दाङ घोराईको मानव कल्याण समाज सेवाघरमा गरिएको सहयोगमा विशेष गरी बाग्लुङ गलकोट नगरपालिका ९  रिस्मीका कृष्ण सापकोटा ( हाल जापानवाट) रु  ५० हजार र  बर्मा मेनमार्क  निवासी विवेक पौडेलको टिमवाट रु ५१ हजार प्रदान गरेको र अन्यसहयोगी दाताहरुबाट संकलित रकम गरी ३ लाख सहयोग प्रदान गरेको एचएसजी नेपालका कोषाध्यक्ष तुलसा तिमिल्सिनाले बताउनुभयो । 

    रकम हस्तान्तरण कार्यक्रममा मानव कल्याण समाज सेवाघरका पदाधिकारी,मानव सहायता समूहबाट टिका तिमल्सिना, तुलसा तिमल्सिाना, सल्लाहाकार गोकर्ण थपलिया, सदस्य ज्ञानु सिल्वाल, निता भण्डारी, सुनिता लामा, लक्ष्मी विष्ठ वर्तौला र अप्सरा ढकाल सहभागि तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । manab help shg.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology