बुटवल,जेठ १४ ।
गणतन्त्र दिवस २०७९ को पुर्वसन्ध्यामा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा खुला दौड (रोड रेस) गरिएको छ ।
लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवातथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार खुल्ला दौड प्रतियोगिता भएको हो ।कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताउनुभयो ।
पांच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पस, लौगाईका अजय पाण्डेले जित्नुभयो ।
उहाले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरि पार गर्नुभयो । प्रतियोगितामा नवीन औधोगिक माबिमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो हुनुभयो ।उहांले दुरी १७ मिनेट ४२ सेकेन्डमासो दुरी पार गर्नुभयो । कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगिताम तेस्रो हुनुभयो ।
उहांले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गर्नुभयो । यसैगरि महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम हुनुभयो । उहाले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गर्नुभयो ।
यसैगरि कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र कालिका कै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो हुनुभयो ।लुम्बिनी प्रदेशमा भौ पूर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडी बढाउन कार्यक्रम गरिएको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताउनुभयो ।
खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरि सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उहाको दाबी छ । सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उहाले बताउनुभयो ।
दौडमा रुपन्देही, कपिलबस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)