रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाध्यक्ष गणेश पाठकले पदभार ग्रहण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच नवनिर्वाचित वडाध्यक्ष पाठकले पदभार ग्रहण गरेका हुन् ।
वडा सदस्यहरु सीता खनाल गौतम, गोविन्द रिजाल, पूर्ण प्रसाद आचार्य र दलित महिला सदस्यामा गीता गन्धर्वले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै वडाध्यक्ष पाठकले जनताले दिएको मतको कदर गर्दै वडाको विकासको लागि आफूहरु लाग्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)