Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन शाह

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन शाह

  • 3.7K
    SHARES

  • काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन शाह

    काठमाडौं,जेठ १३ ।

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन ९बालेन्द्र० शाहले काठमाडौं महानगरपालिकालाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्।

    शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि  आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए।

    शाहले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महानगरबासीलाई धन्यवाद दिए। उनले पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक अन्यत्र समय नदिने र आफ्नो पूर्ण क्षमतालाई काठमाडौं महानगरबासीका लागि प्रयोग गर्ने बताए।

    ‘यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, देशकै उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछुु, शाहले भने। 

    काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरे। उनकी प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।

    काठमाडौं महानगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भइन्।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology