Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाँण को हुन् ?

तिलोत्तमा नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाँण को हुन् ?

  • 7.2K
    SHARES

  • तिलोत्तमा नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाँण को हुन् ?

    बुटवल, जेठ १२ ।

    बिस २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हालका सभापती समेत छन्  । नेता खाँणका बुवाआमा रामकृष्ण नजन्मदै बिस २०१७ सालमा  स्याङ्जा बिसिङकोट ( हालको चापाकोट) बाट रुपन्देही झरेको हो । 
    नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय छन् । 
    उनी गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका सहोदर भाइ हुन । उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए । रामकृष्ण २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए ।
     बिस २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए । बिस २०५४ सालमा उनी काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । त्यसपछि उनी बिस २०६६ सालमा जिल्ला सचिव भए । 
    त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए  ।
    ....... 
    नाम – रामकृष्ण खाँण 

    जन्म – बि स २०२२ माघ १७ गते
    
बुबा – इन्द्र बहादुर खाण

    आमा –टोप कुमारी खाण

    स्थान –तिलोत्तमा नगरपालिका वडा नं ८ रुपन्देही
    श्रीमती – सिमा खाण 

    छोरा – रोहण खाण 
    छोरी – रुपालि खाण 
    दाजुहरु– हरि कृष्ण खाण,बाल कृष्ण खाण 
    भाई – स्याम कृष्ण खाण,
    शिक्षा –स्नातकतह
    – श्री शान्ति नमुमा माध्यमिक विद्यालय मणिग्राम , बुटवल बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय ,काठमाडौ
    उनले बुटवल बहुमुसीबा आइए र किर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका छन् ।

    राजनीति,२०३५ सालदेखि पञ्चायत बिरोधी आन्दोलनमा सहभागि ,२०४० सालबाट राजनीति आरम्भ,२०३८मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन् केहि समय हिरासतमा बसे त्यसपछि २०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरीजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियता पुर्वक लागे ।

    २०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यबस जेल जानबाट जोगिएपनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए ।

    २०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए । २०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववीयु इकाइको कोषाध्यक्ष भए । उनी २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भए । २०६६ मा सचिव भएका उनी जिल्लामा दुई कार्यकाल सचिव भएर कांग्रेसको संगठनलाई बलियो बनाउदै सफल नेतृत्व दिएर परि आफ्नो छवि उच्च राख्न अब्बल छन् ।

     उनी काँग्रेसजनका माझ  स्पष्ट वक्ताको रुपमा परिचीत छन ।हाल उनी  नेपाली कांग्रेस रुपन्देहीका सभापति छन् भने भर्खरैमात्रै तिलोत्तमाको नगर प्रमुख निर्बाचित भए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology