बुटवल,जेठ १२ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले एजेन्सी म्यानेजर भेटघाट तथा पुनर्ताजगी कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कम्पनीको कार्यकारी निर्देशक मनोज कुमार भट्टराईले कम्पनीका विशेषताका विषयमा जानकारी गराउदै अब छिट्टै आफ्नै भवनबाट सेवा विस्तार गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा पश्चिम क्षेत्रका मार्केटिङ प्रमुख नवीन थापा र रूपन्देही तथा गण्डकी प्रदेशका प्रमुख शिव कुमार पौड्यालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा ६० जना एजेन्सी म्यानेजरको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनीका बुटवल शाखाका प्रमुख सुरेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)