Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण बिजयी

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण बिजयी

  • 5.5K
    SHARES

  • तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण बिजयी

    बुटवल, जेठ १२ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतले पराजित गरेका हुन् ।  खांणले २४ हजार ३९६ मत ल्याएर निर्वाचित हुंदा चापागाईंले २३ हजार ६३१ मत ल्याए ।

    त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन् भने  उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे।
    तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जितेको छ । यहां १७ वटा वडा रहेका छन् ।

    तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हाे भने एमाले उपाध्यक्ष बिष्णु पाैडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमाेर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हाे । तिलाेत्तमामा विस २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियाे ।

    तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्षहरू :

    वडा न १ फर्सुराम गिरी  एमाले
    २ डिल बहादुर भट्टराई कांग्रेस 
    ३ कल्याण पौडेल कांग्रेस  
    ४ हरि बहादुर क्षेत्री  एमाले
    ५ रमेश डुम्रे कांग्रेस 
    ६ गणेश पाठक कांग्रेस 
    ७ देवी पंगेनी  एमाले
    ८ कृष्ण पौडेल  एमाले
    ९ ध्रुव न्याैपाने कांग्रेस 
    १० गोपाल घिमिरे एमाले 
    ११ बिष्णु बहादुर बराल एमाले
    १२ सहदेव थारु  एमाले                                                  
    १३ नारायण ढकाल कांग्रेस  
    १४ असविन पौडेल कांग्रेस 
    १५ खेमराज गुरुङ  एमाले
    १६ झविलाल भुसाल कांग्रेस 
    १७ दान बहादुर चौधरी कांग्रेस 

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology