Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेठ १६-२५ सम्म कक्षा १२ को बार्षिक परिक्षा,बुटवलमा केन्द्राध्यक्षलाई अभिमुखीकरण

जेठ १६-२५ सम्म कक्षा १२ को बार्षिक परिक्षा,बुटवलमा केन्द्राध्यक्षलाई अभिमुखीकरण

  • 2.2K
    SHARES

  • जेठ १६-२५ सम्म कक्षा १२ को बार्षिक परिक्षा,बुटवलमा केन्द्राध्यक्षलाई अभिमुखीकरण

    बुटवल,जेठ १२ ।

    राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ १६ देखि २५ गते सम्म सञ्चालन हुन लागेको कक्षा १२ को बार्षिक परिक्षाका लागि रुपन्देही जिल्लाका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

    लुम्बिनी प्रदेशमा ६४७ बिद्यालयका ६८ हजार १३३ परीक्षार्थी सहभागि हुनेछन् भने रूपन्देहीमा ६० परिक्षा केन्द्र रहनेछन् ।यहाँ १८ हजार ४१५ परीक्षार्थी  छन् ।

    सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले परिक्षालाई मर्यादित, व्यवस्थित बनाउन सवैले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

    केन्द्राध्यक्षहरु संग परिक्षा कसरी सञ्चालन गर्ने र राम्रो गराउने भन्ने यस अघि अनुभव  भएकोले त्यहि अनुभवलाई आत्मसाथ गर्दै परिक्षालाई विश्वसनिय र शान्ती बनाउने गरी काममा खटिन आग्रह गर्नुभयो ।

    परीक्षा हलमा हुने शान्ती सुरक्षाको प्रबद्र्धन उत्कृष्ट हुने भन्दै परिक्षालाई शान्त, मर्यादित, अनुशासित बनाउन केन्द्राध्यक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा केन्द्राध्यक्षलाई परिक्षा गराउनुपुर्वका कार्यक्रम, परिक्षा सकिएपछि उत्तरपुस्तिकाका कार्यहरु बारे प्रशिक्षण दिइएको थियो ।

    रुपन्देहीका ५० जना केन्द्राअध्यक्ष सहभागिता रहेको कार्यक्रममा कार्यालय प्रमुख रमाकान्त तिवारी, रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा रमाकान्त तिवारीले केन्द्राध्यक्षले गर्नुपर्ने कामबारे प्रस्तुती दिनुभएको थियो ।  

    ईकाई प्रमुख दिपेन्द्र ढकालको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बावुराम भण्डारीले गर्नुभएको थियो । 

    talim.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology