बुटवल, जेठ १२ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८४५ मतको अग्रता लिएका छन् ।
६१ हजार ७१५ मत गणना हुँदा कांग्रेसका खाँणले २३ हजार ३२२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २२ हजार ४७७ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित बिजयी भैसकेकी छन् । घाेषणा बाँकी छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)