Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टिभिएस दसैंको आशा योजना अन्तर्गत गुल्मीका मदनले जिते ‘अपाचे आरआर ३१०’

टिभिएस दसैंको आशा योजना अन्तर्गत गुल्मीका मदनले जिते ‘अपाचे आरआर ३१०’

  • 2.3K
    SHARES

  • टिभिएस दसैंको आशा योजना अन्तर्गत गुल्मीका मदनले  जिते ‘अपाचे आरआर ३१०’

    बुटवल,कार्तिक ७ - 

    ‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत शुक्रवार भएको भाग्यशाली विजेता घोषणामा मदन पोखरेल खत्रीले  टिभीएस अपाचे आरआर ३१० जितेका छन् ।

    टिभिएस को वेबसाईटमार्फत फारम भरेका उनले बालाजी अटो मोबाइल्स शोरुमबाट उक्त मोटरसाईकल प्राप्त गरेका हुन् ।

    शोरुमका संचालक विशाल जैसवाल र जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले पत्रकार सम्मेलन को आयोजना गरी उनलाई मोटरसाईकलको चाबी हस्तान्तरण गरेका थिए ।

     गुल्मी जिल्ला निवासी खत्रीले लक्की ड्र बाट पाएको पुरस्कारले दसैंका बेला खुसी प्राप्त भएको बताए ।मोटरसार्यकल कम्पनीका पुरस्कार चिनेजानेकै नजिकका व्यक्तिले पाउंछन् भन्ने सोंच पालेको थिएं, उनले भने, यो जिवनकै अत्याधिक खुसी भएको क्षण बन्यो ।

    ‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले बताए ।

    त्यस्तै, बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको उनले जनाए ।

    हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फारम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिष्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

    जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएस टु ह्विलर्सका लागि एकमात्र आधिकारिक विक्रेता हो । नेपालभर यसका सय भन्दा बढी सेल्स सर्भिस र स्पेयर्स डिलर छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक ७ २०७७०७:४५:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology