Logo बिहिवार, आश्विन १ गते २०८३
images

७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

  • 2.5K
    SHARES

  • ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

    बुटवल,जेठ १२ ।

    स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

    गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत देशका ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएकाे छ ।

    मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा नगरपालिका,बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

    काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो ।

    सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology