Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाको मेयरमा कांग्रेसका खांणको निरन्तर अग्रता,१३ हजार मत गन्न बाँकी

तिलोत्तमाको मेयरमा कांग्रेसका खांणको निरन्तर अग्रता,१३ हजार मत गन्न बाँकी

  • 3.7K
    SHARES

  • तिलोत्तमाको मेयरमा कांग्रेसका खांणको निरन्तर अग्रता,१३ हजार मत गन्न बाँकी

    बुटवल ,जेठ ११ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांणको अग्रता कायमै छ । अब करिब १३ हजार मत गन्न बाँकी छ ।  अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । 

    गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि छन्। खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याइरहेका छन्।

    उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।

    १७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३,४,५, १२,१३ १५,१६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ।  यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसकेका छन्  ।

    २०७४ को चुनावमा तिलोत्तमामा एमालेले मेयर-उपमेयरसहित १४ वडा जितेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology