Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको लगातार अग्रता,उपमेयरमा एमाले पक्का !

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको लगातार अग्रता,उपमेयरमा एमाले पक्का !

  • 5.4K
    SHARES

  • तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको लगातार अग्रता,उपमेयरमा एमाले पक्का !

    बुटवल,जेठ ९ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणले अग्रता कायम राखेका छन् ।पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार खाँण एमाले उम्मेदवार मोहन चापागाँई भन्दा ८३९ मतले अगाडि रहेका छन् ।

    ३८ हजार ८८४ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १५ हजार २४६ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार चापागाइँले १४ हजार ४०७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार सुन्दर गुरूङले ३ हजार ९८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उनले १४ हजार ५५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ७ हजार २०१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट उपमेयरकी उम्मेदवार गिता सारूले ४ हजार २०१ मत प्राप्त गरेकी छन् ।

    तिलोत्तमामा अहिले वडा नं ६ ,११ ,१२  र १४ को मतगणना भईरहेको छ ।  भने वडा न ७,८,९ र १० गन्नै बाँकी छ । यसअघि वडा नं १, २, ३, ४,५,१३,१५, १६ र १७ गरी ९ वटा वडाको मत गणना सकिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology