बुटवल,जेठ ८।
बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव उपन यादव र तारादेवी कानु पुनः विजयी भएका हुन् ।
यादवले १ हजार २ सय ९४ मतको फराकिलो मतान्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७, ३७६ मत ल्याएका छन् ।
उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)