Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा नगरमा कांग्रेसका खाँणको मेयरमा अग्रता,उपमेयरमा चाैधरी अगाडि (अपडेटसहित)

तिलोत्तमा नगरमा कांग्रेसका खाँणको मेयरमा अग्रता,उपमेयरमा चाैधरी अगाडि (अपडेटसहित)

  • 5.4K
    SHARES

  • तिलोत्तमा नगरमा कांग्रेसका खाँणको मेयरमा अग्रता,उपमेयरमा चाैधरी अगाडि (अपडेटसहित)

    बुटवल,जेठ ८। 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन्। 

    बिहान ९ बजेको मत परिणाम अनुसार खांणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई ७८ मत अन्तरले पछि मात्रै उनी अगाडि लागेका हुन्। 

    नेपाली कांग्रेसका रामकृष्ण खांणले १०९६६ मत ल्याउदा एमालेका मोहन चापागाईले १०८८८ मत ल्याएका छन्। मत गणनाको सुरुवात देखि नै झिनो मत अन्तरले पछि पर्दै आएका खांण २८ हजार २७१ मत गनि सक्दा उनी अघि लागेका हुन्। 

    उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार जागेश्वरीदेवी चौधरी अग्रस्थानमा रहेकी छन्। तिलोत्तमामा बडा नम्बर १, २, ३, १५, १६, १७ को मतगणना कार्य सम्पन्न भएको छ भने ४, ५, १३ र १४ को गणना भईरहेको छ। 

    गणना सकिएका ६ वडा मध्ये ४ वटा नेपाली कांग्रेसले जितेको छ भने २ वटा एमालेले जितेको छ। tinapa data.jpg


    ------ अपडेट बेलुका ७ बजे-----

    बेलुका ७ बजेको मतपरिणाम अनुसार  ३१ हजार ७०१ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १२ हजार ३१५ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार चापागाइँले ११ हजार ९०९ मत प्राप्त गरेका छन् । खाँण चापागाई भन्दा ४०६ मतले अगाडि  छन् ।

    उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उनले ११ हजार ५८२ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ५ हजार ८९५ मत प्राप्त गरेका छन् ।

    तिलोत्तमामा अहिले वडा नं ४, ५, १३ र वडा नं १४ को मतगणना भईरहेको छ । अहिलेसम्म तिलोत्तमा नगरपालिकाको वडा नं १, २, ३, १५, १६ र १७ गरी ६ वटा वडाको मत गणना सकिएको छ ।

    7pm update tilotaama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology