Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा वडा न १६ मा कांग्रेस बिजयी,मेयरमा एमालेका चापागाँइ अगाडि

तिलोत्तमा वडा न १६ मा कांग्रेस बिजयी,मेयरमा एमालेका चापागाँइ अगाडि

  • 2.3K
    SHARES

  • तिलोत्तमा वडा न १६ मा कांग्रेस बिजयी,मेयरमा एमालेका चापागाँइ अगाडि

    बुटवल,जेठ ७ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ नेपाली कांग्रेसका उम्मेदवार झबिलाल भुसाल ९ मत अन्तरले विजयी भएका छन्। 

    भुसालले नेकपा एमालेका उम्मेदवार केशव चौधरीलाई पराजीत गरेका हुन्। भुसाल २०७४ सालमा पनि नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

    भुसालले १ हजार ४७५ मत गरेका छन् भने चौधरीले १ हजार ४६६ मत प्राप्त गरेका छन्। तिलोत्तमा १६ मा भुसालले प्यानल सहित बिजयी हासिल गरेका छन्। 

    यस्तै वडा नम्बर दुईमा पनि नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर दुईमा नेपाली कांग्रेसका डिल बहादुर भट्टराई विजयी भएका हुन्। 

    ३ मा पनि कांग्रेसका कल्याण पाैडेल बिजयी भए । भने तिलोत्तमा १ र १५ मा भने एमालेले जितेको छ। तिलोत्तमा १५ मा एमालेका खेमराज गुरुङ सहित सबै प्यानल विजयी भएका हुन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology