Logo बुधवार, श्रावण १३ गते २०८३
images

अध्यक्ष ज्ञवालीको पहिलाे निर्णय : रूरूक्षेत्रका सबै घर धुरीको न्युनतम विद्युत महशुल गाउँपालिकाले तिर्ने

अध्यक्ष ज्ञवालीको पहिलाे निर्णय : रूरूक्षेत्रका सबै घर धुरीको न्युनतम विद्युत महशुल गाउँपालिकाले तिर्ने

  • 2.4K
    SHARES

  • अध्यक्ष ज्ञवालीको पहिलाे निर्णय : रूरूक्षेत्रका सबै घर धुरीको न्युनतम विद्युत महशुल गाउँपालिकाले तिर्ने

    बुटवल,जेठ ७ ।

    रूरूक्षेत्र गाउँपालिका गुल्मीका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन् ।

    पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको न्युनतम विद्युत महशुल गाउँपालिकाले तिरिदिने जनपक्षीय निर्णय गरेका हुन् ।

    यो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिसकेका छन् ।

    आफू गाउँपालिका अध्यक्ष भएर पद भार ग्रहण गर्दै गर्दा आफुमा कुनै दम्भ तथा घमण्ड नरहेको बताउँदै आफू रुरुक्षेत्र गाउँपालिकाको एउटा भाइ-छोरा भएको र भाइ छोराकै रुपमा यहाँका जनताको सेवक बन्न चाहेको बताएका छन् । सबैको साथ सहयोगको समेत अपेक्षा राखेको र आफुलाई दिएको अमुल्य मतको कहिले पनि अपमान नगर्ने बाचा गर्दै ज्ञवालीले चुनाव अघि र चुनाव जितिसकेपछि आफुमा कुनै पनि परिवर्तन यस क्षेत्रका जनताले देख्न नपर्ने बताएका छन् ।

    सबैको सुझाव, सल्लाहलाई मध्यनजर गर्दै जनमुखी काम गर्न आफू कोहि कसैको दबाबमा नपरी निरन्तर खट्ने र आफू अध्यक्ष पदमा बसेदेखि अवधि नसकुन्जेल सम्म गाउँपालिका भित्र कुनै पनि आर्थिक अनियमितता हुन नदिने संकल्प पनि उनले गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology