बुटवल,जेठ ७ ।
रुपन्देहीमा ४ पालिकाको नतिजा आउन बाँकी छ। १६ स्थानीय तह रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिका तिलोत्तमा नगरपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउपालिकाको नतिजा आएको छैन ।
पछिल्लो मतपरिणाम अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार खेल राज पाण्डेको अग्रता कायमै छ। यता लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने नेपाली कांग्रेसका सजरुद्दीन मुसलमानको अग्रता छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने नेकपा एमालेका उमेदवार मोहन चापागाई को अग्रता छ। करिब २ सय मतान्तरले उनी नेपाली कांग्रेसका उम्मेदवार भन्दा अगाडी छन्।
यस्तै कोटहीमाई गाउपालिकामा भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका बाल कृष्ण त्रिपाठीको अग्रता छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)