दाङ,जेठ ६ ।
काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको वडामा काँग्रेस हारेको छ ।यहाँ एमाले विजयी भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा एमालेका वडा अध्यक्षका उम्मेदवार दुजमान भण्डारीले दुई हजार १ सय २३ मत ल्याएर विजयी भए भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार लोकराज डाँगीले दुई हजार ५६ मत ल्याएर पराजित भए ।
यस वडामा एमालेका सबै सदस्य पनि विजयी भएका छन् भने मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारको अग्रता छ ।
यो वडा प्रदेशका पर्यटन मन्त्री चौधरी सँगै २०७० सालमा एमाले तत्कालीन सचिव शंकर पोखरेललाई चुनाव हराएर चर्चामा आएका संबिधान सभा सदस्य बुद्धिराम भण्डारी,कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का र नगर सभापति सुरेस हमालको वडा हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)