Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकीकृत समाजवादीले जित्यो हेटौँडा उपमहानगर,मीना लामा बनिन् मेयर

एकीकृत समाजवादीले जित्यो हेटौँडा उपमहानगर,मीना लामा बनिन् मेयर

  • 5.2K
    SHARES

  • एकीकृत समाजवादीले जित्यो हेटौँडा उपमहानगर,मीना लामा बनिन् मेयर

    बुटवल,जेठ ५ ।

    नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जितेको छ।

    त्यहाँ मतगणना सकिएको छैन तर करिब ४ हजार मत गन्न बाँकी हुँदै नेकपा एमालेले हार स्वीकार गरेको छ। ७३ हजार ४१४ मत खसेकोमा ६९ हजार ६ सय ९६ मत गनेर सकिएको छ।

    सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले एमालेका उम्मेदवारसँग २ हजार ७७ मतान्तरले अग्रता बनाएपछि उमाले उम्मेदवारले हार स्वीकार गरेका हुन्। एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई भेटेरै बधाई दिएका छन्।

    मतगणनास्थलमै आएर उनले लामालाई खादा लगाइदिएर बधाई दिएको बताइएको छ।

    एमालेको किल्ला मानिने हेटौंडामा उपमेयरमा पनि गठबन्धनकै उम्म्मेदवार निर्वाचित हुने निश्चित भएको छ। उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ छन्। उनले पनि एमाले उम्मेदवार सुमित्रा काफ्लेसँग फराकिलो मतान्तरले अग्रता लिएका छन्।

    यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर विजयी भएका थिए भने उपमेयरमा एमालेकै मीना लामा २३ हजार ४३७ मतले निर्वाचित भएकी थिइन्। उनै लामा नेकपा एस तिर लागेर अहिले मेयर उठेकी हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology