कपिलवस्तु,जेठ ६ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।
शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।
नेकपा माओवादी केन्द्रका जाबेद आलम खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरे । शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा नगर प्रमुख जितेका थिए ।
त्यसैगरी उपमेयरमा कांग्रेसकी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपा की आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरिन् ।
१२ वटा वडा रहेको कृष्णनगरमा कांग्रेस र एमालेले ३-३, जसपा र माओवादीले २-२, राप्रपा र बहुजन शक्ति पार्टीले समान १र१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)