बुटवल,जेठ ६ ।
रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका हुन् ।
उनले एमालेका चित्र बहादुर कार्कीलाई ५८२ मतले पराजित गरेका हुन् । शर्माले १५ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । कार्कीले एमालेबाट २०७४ मा मेयर जितेका थिए ।
उपप्रमुखमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउदै विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए । वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका केहर सिंह गलामी थापाले २ हजार १ सय ६९ मत पाए ।
वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर कडेल विजयी भएका छन । कडेलले ९ सय ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका प्रेम कुमार शर्माले ८ सय ५६ मत ल्याए । यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजा ३ सय ९६ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका दिपक भण्डारीले ७ सय २५ मत पाए ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी विजयी भएका छन । उनले २ हजार १ सय ८३ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका पिताम्बर न्यौपानेले १ हजार ७ सय १५ मत प्राप्त गरे । वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका राजेन्द्र घिमिरेले १ हजार २ सय ९७ मत प्राप्त गरे ।
वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका खडग बहादुर कुंवरले १ हजार ६ सय ६० मत पाए । वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी विजयी भएका छन ।
चौधरीले १ हजार १० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रामनाथ न्यौपानेले ९ सय ६७ मत पाएका थिए ।
वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मत सहित विजयी घोषित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका महोदत्त ढकालले १ हजार ३ मत प्राप्त गरे । वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे विजयी भएका छन । उनले १ हजार १ सय ४९ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका बेदराज भण्डारीले ९ सय ७८ मत पाए ।
वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मत पाएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका शेर बहादुर थापाले १ हजार ५ सय ८६ मत प्राप्त गरे । वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुषाल १ हजार ६ सय ५ मत सहित विजयी हासिल गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका हिमलाल अर्यालले १ हजार ४ सय ४८ मत पाए ।
सैनामैना नगरपालिकामा को-कस्ले जिते ?
नगर प्रमुख: फणिन्द्र शार्मा ( काङ्ग्रेस )
नगर उपप्रमुख: विना राना ( एमाले)
वडा अध्यक्षहरू
१. भुवन क्षेत्री ( नेकपा माओवादी केन्द्र)
२. अम्बर बहादुर कडेल ( एमाले)
३.तम बहादुर पुर्जा ( एमाले)
४.राम प्रसाद अधिकारी ( काङ्ग्रेस )
५. धन प्रसाद पाैडेल (एमाले)
६. गाेपाल पाेख्रेल ( काङ्ग्रेस )
७. राज कुमार चाैधरी (काङ्ग्रेस)
८.बुद्धि चाैधरी ( एमाले)
९.भानु पाण्डे ( एमाले )
१०. कृष्ण प्रसाद घिमिरे ( एमाले)
११. राम प्रसाद भुसाल ( एमाले)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)