नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै वडामा एमाले पराजित भएको छ । वडामा कांग्रेसले ३० बर्षपछि जितेको हाे । बुटवल-८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन् ।
कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन् । वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १हजार ५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले ५०८ मत प्राप्त गरे । एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो ।
बुटवल - १ नरेन्द्र बस्नेत (स्वतन्त्र)
बुटवल - २ सुनिल शाक्य (नेकपा एस)
बुटवल - ३ बिष्णु ढकाल (नेपाली काँग्रेस )
बुटवल - ४ नरेश्वर पौडेल (नेपाली काँग्रेस)
बुटवल - ५ हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)
बुटवल -६ लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
बुटवल - ७ पदमराज गाहा (नेपाली काँग्रेस)
बुटवल - ८ यज्ञ पंगेनी (नेपाली काँग्रेस)
बुटवल -९ प्रदिप कुमार श्रेष्ठ(नेपाली कांग्रेस)
बुटवल-१० बलु पुन(नेकपा एमाले)
बुटवल-१३ नारायण पुन (नेपाली कांग्रेस)
बुटवल-१४ दधिराम न्याैपाने (नेकपा एमाले)
बुटवल - १५ शिव राना (नेपाली काँग्रेस)
बुटवल -१६ कृष्ण पौडेल (नेपाली काँग्रेस)
बुटवल -१७ ज्ञान बहादुर रेश्मी (नेपाली काँग्रेस)
बुटवल -१८ गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)
बुटवल -१९ चन्द्रसिंह थापा (नेकपा एमाले)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)