Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा काँग्रेस-एमाले मतान्तर ६ हजार ३९४ पुग्यो,निर्णायक वडा गन्न बाँकी !

बुटवलमा काँग्रेस-एमाले मतान्तर ६ हजार ३९४ पुग्यो,निर्णायक वडा गन्न बाँकी !

  • 2.8K
    SHARES

  • बुटवलमा काँग्रेस-एमाले मतान्तर ६ हजार ३९४ पुग्यो,निर्णायक वडा गन्न बाँकी !

    बुटवल ,जेठ ६ ।
     
    रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली काँग्रेसले फराकिलो मतान्तर बनाएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाएका छन् ।

    काँग्रेसका खेलराज पाण्डेयको २३ हजार ४३३ र नेकपा एमालेका बाबुराम भट्टराई १७ हजार ३९ मत  आएको छ । काँग्रेस-एमालेको मतान्तर मतान्तर ६ हजार ३९४ पुगेको छ । उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको अग्रता छ ।

    १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,८,९,१०,१३,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ ।

    यहाँ १०,१४, १८ र १९ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, ८,९,१३,१५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

    अहिले वडा नं ११ र १२ को मतगणना जारी छ । वडा न ११ लाइ निर्णायक मानिन्छ ।यहाँ १० हजार ३ सय मत खसेको छ ।

     
    नतिजा आएका बुटवलका १७ वटा वडाका बिजयी अध्यक्षहरु 
    बुटवल - १ नरेन्द्र बस्नेत (स्वतन्त्र)
    बुटवल - २ सुनिल शाक्य (नेकपा एस)
    बुटवल - ३ बिष्णु ढकाल (रुखबाट एकिकृत नेकपा माअाेबादी )
    बुटवल - ४ नरिश्वर पौडेल (नेपाली काँग्रेस)
    बुटवल - ५ हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)
    बुटवल  -६ लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
    बुटवल - ७ पदमराज गाहा (नेपाली काँग्रेस)
    बुटवल - ८ यज्ञ पंगेनी (नेपाली काँग्रेस)
    बुटवल  -९ प्रदिप कुमार श्रेष्ठ(नेपाली कांग्रेस)
    बुटवल-१० बलु पुन(नेकपा एमाले)
    बुटवल-१३ नारायण पुन (नेपाली कांग्रेस)
    बुटवल-१४ दधिराम न्याैपाने (नेकपा एमाले)
    बुटवल - १५ शिव राना (नेपाली काँग्रेस)
    बुटवल -१६ कृष्ण पौडेल (नेपाली काँग्रेस)
    बुटवल -१७ ज्ञान बहादुर रेश्मी (नेपाली काँग्रेस)
    बुटवल -१८ गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)
    बुटवल -१९ चन्द्रसिंह थापा (नेकपा एमाले)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology