Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता :‘नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध ’

पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता :‘नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध ’

  • 5.2K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता :‘नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध ’

    बुटवल,कार्तिक ७ -

    पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्। 

    ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ। 

    प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।
     
    दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।

    president-press.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology